२४ कात्तिक २०८३, मङ्गलबार

गौतमश्री सहकारीका सञ्चालक र कर्मचारीको बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई अनुरोध

२०७९ साउन १५, आईतवार
गौतमश्री सहकारीका सञ्चालक र कर्मचारीको बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई अनुरोध

काठमाडौं : कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यी सहकारी संस्थाका सञ्चालकहरु र कर्मचारीहरुको बैंक खाता रोक्का राख्न सहकारी विभागले राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

संस्थाका सदस्यहरुले संस्था विरुद्ध आईतबार उजुरी दिएपछि सहकारी विभागले नेपाल राष्ट्र बैंकमार्फत सबै बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरी पठाएको सहकारी विभागले जनाएको छ ।

संस्था विरुद्ध आईतबार मात्रै १ हजार ७५ जनाले सहकारी विभागमा उजुरी दिएको सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले जानकारी दिनुभयो । उजुरी दिनेक्रम अझै बढ्न सक्ने बुझिएको छ ।

सहकारी विभागले यस अघि (साउन १३ गते) नेपाल प्रहरीको अपराध अनुसन्धान विभागलाई पत्राचार गरी संस्थाका सञ्चालक र कर्मचारीलाई विभागमा उपस्थित गराईदिन अनुरोध गरिसकेको छ ।

 

अभिलेख

लोकप्रिय