गौतमश्री बहुउद्देश्यीय र पशुपति सहकारी विरुद्ध सदस्यको सहकारी विभागमा सामुहिक उजुरी
काठमाडौं : कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता नदिएको र सञ्चालक फरार भएको भन्दै सदस्य (बचतकर्ताहरू)ले सहकारी विभागमा सामुहिक उजुरी दिएका छन् ।
आइतबार विभागमा भेला भएर उनीहरूले सामूहिक रूपमा उजुरी दिएका हुन् । संस्थाका सञ्चालकहरूले सात दिनका लागि कार्यालय बन्द गर्ने सुचना सदस्यहरुलाई दिएको र हाल सबै सञ्चालक, कर्मचारीहरु सम्पर्क विहिन बनेको सदस्यहरुको आरोप छ ।

संस्थाका सदस्यहरुले प्रमाण समेत राखेर विभागमा उजुरी दिएका छन् । यो समाचार तयार पार्दासम्म २ सय २५ सदस्यले सामुहिक उजुरी दिएका छन् ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले हालसम्म २२५ जना सदस्यले उजुरी दिएको र उजुरी दिने क्रम बढ्दो क्रममा रहेको जानकारी दिनुभयो ।

यस अघि पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका सदस्यहरुले पनि सामुहिक उजुरी दिएका छन् । संस्थाका ७८ जना सदस्यले साउन २ गते संस्था विरुद्ध सहकारी विभागमा उजुरी दिएका हुन् ।
उनीहरुले ३ वर्षदेखि आफूहरुलाई संस्थाले झुलाएको आरोप छ । यस विषयमा पनि सहकारी विभागले अनुसन्धान गरिरहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
