ललितपुर जिल्ला संघको सहकारी प्रवर्द्धन केन्द्र सञ्चालनमा, सहकारी उत्पादन विक्रीवितरण सुरु
ललितपुर : जिल्ला सहकारी संघ ललितपुरले दुग्ध, तरकारी तथा खाद्य वस्तुको विक्री वितरण शुरु गरेको छ । संघको प्रवर्द्धन केन्द्र भवनबाट आजदेखि किसानले उत्पादन गरेका वस्तुहरुको विक्रीबितरण शुरु गरिएको हो ।
सहकारी संस्थामार्फत् किसानहरुले उत्पादन गरेको तरकारी, फलफुल, गेडागुडी, मासुको विक्री शुरु गरिएको छ भने दुग्ध सहकारी संस्थाका लागि आवश्यक दुग्ध सामग्री र अन्य दुग्धजन्य परिकारहरुको विक्रीवितरण गर्ने पसल सञ्चालनमा ल्याइएको हो ।

हालका लागि साताको दुइदिन शुक्रबार र शनिबार हरियो तरकारी, गेडागुडी र मासु विक्री गरिने जिल्ला संघका निवर्तमान अध्यक्ष माधव दुलालले जानकारी दिनुभयो । हालका लागि परीक्षणको रुपमा ल्याइएको र भविष्यमा साताभर नै बजार सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
ग्रामीण किसानहरुले उत्पादन गरेका वस्तुको बजारीकरण गरी उनीहरुको आयस्तर वृद्धिमा सहयोग पुर्याउनका लागि यो कार्यक्रम शुरु गरिएको उहाँको भनाई छ ।
संघले यसअघि गेडागुडी, खाद्यान्न, पीठो, गुन्द्रुक र दुग्धजन्य पदार्थ साताभरि नै विक्री वितरण गर्दै आएको थियो । भारतीय दूतावासको सहयोगमा संघले बहुउद्देश्यीय भवन बनाएपछि सहकारी उत्पादन विक्रीवितरणका लागि खुल्ला गरेको हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार