काठमाडौंको अर्को ठूलो सहकारी गौतमश्री समस्यामाः सञ्चालक सम्पर्कविहिन, भवनमा बैंकको शिल
काठमाडौं : पछिल्लो समय एकपछि अर्को गर्दै सहकारीहरु समस्यामा पर्न थालेका छन् । यतिवेला काठमाडौंका धेरै सहकारीहरुले सदस्यको बचत रकम फिर्ता गर्न सकेको छैन ।
ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था, क्षेत्रपाटीको क्यापिटल बचत तथा ऋण सहकारी संस्थाले सदस्यको बचत फिर्ता नदिएको गुनासो आईरहेको बेला काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक सम्पर्क विहिन बनेका छन् ।
यतिबेला संस्थाका सञ्चालक, म्यानेजर सदस्य र नियामक निकायको सम्पर्कमा छैनन् । सदस्यहरु दिनहुँ कार्यालय परिसरमा धर्ना दिन बाध्य भएका छन् ।
संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट हुन् । सञ्चालक सम्पर्क विहिन भएपछि सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शिल गरेको सूचना टाँस गरेको छ । संस्थाका अध्यक्ष रामबहादुर गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा पनि बैंकले लगानी गरेको व्यवसायको गोदाम तथा कार्यालय रहेका कारण भवन सिल गरेको एभरेष्ट बैंकले जनाएको छ ।
सहकारीको कार्यालय रहेको भवनमा अन्य व्यवसायमा बैंकको कारोबार रहेको र बैंकले लगानी गरेको ठाउँमा रहेको स्टक सामानमा जोखिम देखेपछि बैंकले शिल गरेको हो ।
सहकारीका सदस्यहरु बचत फिर्ता नपाएको भन्दै सहकारी विभागमा समेत पुगेका छन् । सहकारी रहेका भवनमा बैंकको सूचना देखेपछि उनीहरु विभाग पुगेका थिए ।
संस्थामा करिब २५ हजार सदस्य रहेको बुझिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
