२० भदौ २०८३, शनिवार

तेस्रो वर्षमा बागमती प्रोस्कून: ९४% ले सेयर पुँजी र ३१८% ले बढ्यो नाफा

२०७९ साउन १३, शुक्रबार
तेस्रो वर्षमा बागमती प्रोस्कून: ९४% ले सेयर पुँजी र ३१८% ले बढ्यो नाफा

बनेपा : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ ।

२०७६ साउन १३ गते दर्ता भएको यस संघले स्थापनाको छोटो समयमै उल्लेख्य प्रगती गर्न सफल भएको छ । आर्थिक कारोबार मात्र मात्रै आफूलाई सिमित नराखी सदस्य संघ/संस्थाको विकास, प्रवद्र्धन, तालिम, स्तरीकरण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

शुक्रबार काभ्रेको बनेपामा एक कार्यक्रमको बीच संघले स्थापना दिवस मनाएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, नेफ्स्कून कै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत जिल्ला बचत संघहरुका अध्यक्ष, व्यवस्थापक, सदस्य संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

संस्थामा बागमती प्रदेशका १३ वटै जिल्ला बचत संघहरु गरी ३ सय ४९ सदस्य आवद्ध भएका छन् । गत आर्थिक वर्षमा २ करोड ७१ लाख सेयर पुँजी रहेको संघको आ.व. २०७८/०७९ मा पाँच करोड पुर्याउन सफल भएको छ । अघिल्लो आ.व.को तुलनामा यो वृद्धिदर ९४.४१ प्रतिशत हो ।

त्यस्तै अघिल्लो आर्थिक वर्षमा १ अर्ब १८ करोड बचत संकलन गरेको संघले आर्थिक वर्ष २०७८/०७९ मा १०.१४ प्रतिशतले बृद्धि भई १ अर्ब ३१ करोड पुगेको छ । संघले यस वर्ष ७२ करोड लगानी गरी १ करोड ३४ करोड नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्षको तुलनामा संघको यो नाफा ३१८ प्रतिशतले वृद्धि भएको हो ।

संघको कुल वासलात १ अर्ब ४४ करोड ४४ लाख पुर्याउन सफल भएको संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले जानकारी दिनुभयो ।

संघले दोस्रो वार्षिक उत्सवको अवसरमा संगठनात्मक दीगोपना र संस्थागत सेवाहरुको लागि स्वःनियमन कार्यक्रम (कोसिस) सुरु गरेको छ । त्यस्तै युवाको लागि वित्तीय साक्षरता प्रशिक्षक मार्गदर्शन २०७९ जारी गरेको छ ।

त्यस्तै संघले विभिन्न ११ वटा विधामा सम्मान तथा पुरस्कार समेत संघले घोषणा गरेको छ । आज घोषणा गरिएको उक्त सम्मान तथा पुरस्कार संघको आगामी साधारणसभामा वितरण गर्ने संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय