२०७९/०८० मा १२ अर्बको विकू बनाउने लक्ष्य
गैंडाकोट, नवलपुर
विकू बचत तथा ऋण सहकारी संस्था लि. ले चालु आर्थिक वर्ष २०७९/०८० मा १२ अर्बको कुल वासलात बनाउने लक्ष्य लिएको छ ।
सञ्चालक समितिकले व्यवस्थापन प्रमुखलाई र व्यवस्थापन प्रमुखले विभागीय, क्षेत्रीय तथा सेवा केन्द्र प्रमुखहरुलाई वित्तीय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण गरेको छ ।
वित्तीय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण कार्यक्रममा सस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले व्यवस्थापन प्रमुख माधव प्रसाद पौडलज्यूलाई र व्यवस्थापन प्रमुख माधव प्रसाद पौडलले विभागीय, क्षेत्रीय र सेवा केन्द्र प्रमुखलाई वित्तीय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सापकोटाज्यूले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष यमुनाथ आचार्यले राख्नु भएको थियो । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले कार्य सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष कालिदाश गौडेल, सह–सचिव माया कंडेल, सञ्चालकहरु पुष्पराज बराल, सविना महत्तो, संगीता अधिकारी, नन्द किशोर आचार्य, खड्ग बहादुर कमाल, प्रतिभा अर्याल सुवेदी, लक्ष्मण पौडेल, निर्मला रेग्मी अधिकारीले वित्तीय लक्ष्य तथा कार्य विवरण अनुसारको उपलव्धिका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाका व्यवस्थापन प्रमुख माधव प्रसाद पौडलले सञ्चालक समितिबाट प्राप्त वित्तीय लक्ष्य तथा कार्य विवरणको प्राप्तीका लागि प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण सचिव प्रेम प्रसाद सापकोटाले गर्नु भएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार