२० भदौ २०८३, शनिवार

समयमै समस्याग्रस्त घोषणा नर्गदा समस्या, १४१ सहकारी समस्याग्रस्त घोषणा गर्न बाँकीः महालेखा

२०७९ साउन १, आईतवार
समयमै समस्याग्रस्त घोषणा नर्गदा समस्या, १४१ सहकारी समस्याग्रस्त घोषणा गर्न बाँकीः महालेखा

काठमाडौं : सरकारले समयमै सहकारीहरु समस्याग्रस्त घोषणा नगर्दा थप समस्या उत्पन्न भएको महालेखाले जनाएको छ ।

समयमै समस्याग्रस्त घोषणा नगरेको वा ढिलो घोषणा गरेको कारण सहकारीहरुबाट उठ्न सक्ने रकम पनि नउठ्ने अवस्था उत्पन्न भएको जनाएको छ ।

सरकारले १२ वटा मात्र सहकारी समस्याग्रस्त घोषणा गरेको र १४१ वटा समस्याग्रस्त घोषणा नगरेकोको महालेखाले प्रश्न उठाएको छ ।

महालेखापरीक्षको ५९ औ बार्षिक प्रतिवेदन अनुसार बचत हिनामिना गरी हाल कारबाहीमा परेको एक सहकारीलाई समेत समस्याग्रस्त घोषणा नगरेको भन्दै महालेखाले सरकारलाई प्रश्न उठाएको छ ।

सहकारी विभागको निरिक्षणमा ऐन विपरित कार्य गरी आर्थिक संकटमा परेका सहकारीलाई समस्याग्रस्त संस्था घोषणा नगरेको समेत प्रतिवेदनमा उल्लेख गरेको छ ।

अभिलेख

लोकप्रिय