२० भदौ २०८३, शनिवार

१० दिनमै ६ वटा सहकारी संस्था कालो सूचिमा (संस्था र सञ्चालकको नाम सहित)

२०७९ साउन १, आईतवार
१० दिनमै ६ वटा सहकारी संस्था कालो सूचिमा (संस्था र सञ्चालकको नाम सहित)

काठमाडौं : कर्जा सूचना केन्द्रले १० दिनको अवधि (असार २० देखि ३० गतेसम्म) मा थप ६ वटा सहकारी संस्थालाई कालो सूचिमा राखेको छ ।

उक्त सहकारीले बैंक तथा वित्तीय संस्थाबाट लिएका ऋण समयमै फर्छ्यौट गर्न नसक्दा कालोसूचीमा परेका हन् । संस्थासँगै संस्थाका सञ्चालहरु पनि कालो सूचिमा परेका छन् । केही सहकारीले राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋण तिर्न नसकेका कारण कालोसूचीमा परेका हुन् ।

कालो सूचिमा पर्ने सहकारीमा वेल्हम्स् (WELHAMS) बचत तथा ऋण सहकारी संस्था रहेका छन् । यस संस्था सँग सम्बन्धीत व्यक्तीहरु कल्पना क्षेत्री र यम नारायण राजौरे पनि कालो सूचिमा परेका छन् ।
त्यस्तै साथीभाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि कालो सूचिमा परेको हो । यस संस्था सँग सम्बन्धीत व्यक्तीहरु ध्रुव प्रसाद कोइराला, नरेश लाल श्रेष्ठ, नवराज पाख्रिन, राजकुमार श्रेष्ठ, सिरञ्जी श्रेष्ठ र उदय कुमार ढुंगेल पनि कालो सूचिमा परेका छन् ।

त्यस्तै अनुरोध बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि कालो सूचिमा परेको हो । यस संस्था सँग सम्बन्धीत व्यक्तीहरु अर्जुन पराजुली, विमला पौडेल, कृष्ण बहादुर गिरी र रामप्रसाद मैनाली पनि कालो सूचिमा परेका छन् ।

त्यस्तै इम्मानुअल (EMMANUAL) बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि कालो सूचिमा परेको छ । यस संस्था सँग सम्बन्धीत व्यक्तीहरु गीता कुमारी दुलाल, हरि खड्का, कुमार खत्री, मदन कुमार बस्नेत, मेघ प्रकाश खड्का र सरस्वती शाही पनि कालो सूचिमा परेका छन् ।

त्यस्तै प्रमिषा  (PRAMISHA) बचत ऋण सहकारी संस्था लिमिटेड पनि कालो सूचिमा परेको छ । यस संस्था सँग सम्बन्धीत व्यक्तीहरु हेमराज थापा क्षेत्री, हिमप्रसाद सुवेदी, कल्पना कुमारी अधिकारी, रामेश्वर लाल श्रेष्ठ र सन्तबहादुर केसी पनि कालो सूचिमा परेका छन् ।

त्यसैगरी नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेड पनि कालो सूचिमा परेका हो । यस संस्था सँग सम्बन्धीत व्यक्तीहरु चन्द्रबहादुर बस्नेत, लोकबहादुर डाँगी र पर्मिला पुन पनि कालो सूचिमा परेका छन् ।

अभिलेख

लोकप्रिय