२१ भदौ २०८३, आईतवार

राजश्व विभागले कार्यालयलाई भन्यो, ‘समष्टिगत विवरण भर्ने सहकारीलाई मात्र कर चुक्ता दिनु’

२०७९ असार ३०, बिहिबार
राजश्व विभागले कार्यालयलाई भन्यो, ‘समष्टिगत विवरण भर्ने सहकारीलाई मात्र कर चुक्ता दिनु’

काठमाडौं : सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिसमा) समष्टिगत विवरण नबुझाउने सहकारीलाई आन्तरिक राजस्व विभागले कर चुक्ताको प्रमाण पत्र नदिने भएको छ ।

विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयहरु र करदाता सेवा कार्यालयहरुलाई परिपत्र गर्दै समष्टिगत विवरण नबुझाउने सहकारीलाई कर चुक्ताको प्रमाणपत्र नदिन भनेको हो ।

संघिय सहकारी विभागले आन्तरिक राजश्व विभागमा पत्र पठाएर कोपोमिसमा समष्टिगत विवरण बुझाएको प्रमाणपत्र पेश गरेपछि मात्र करचुक्ता दिन आग्रह गरेको थियो । सहकारी विभागको आग्रह अनुसार राजश्व विभागले आफु मातहतका कार्यालयहरुलाई परिपत्र गरेको हो ।

अब सहकारीले समष्टिगत विवरण बुझाएपछि प्राप्त हुने समिसन नम्बर पेश गरेपछि मात्र कर कार्यालयबाट करचुक्ता प्रमाणपत्र पाउनेछन् ।

No photo description available.

अभिलेख

लोकप्रिय