बागमती प्रोस्कून र जिल्ला बचत संघहरु बीच साझेदारीमा कार्यक्रम हुने
धुनिखेल : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले जिल्ला बचत संघहरु बीचको साझेदारीका लागि अन्तरक्रिया गरेको छ । धुनिखेलमा भएको अन्तरक्रिया कार्यक्रममा ११ वटा जिल्ला बचत संघका अध्यक्ष र व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रर रुद्रप्रसाद पण्डित रहनुभएको थियो । त्यस्तै कार्यक्रममा नेफुस्कूनका कोषाध्यक्ष तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारीको संघका अध्यक्ष दीपक पनेरुको विशेष अतिथिको रुपमा रहनुभएको थियो ।
बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले जिल्ला बचतसँगको साझेदारीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बागमती प्रोस्कूनले जिल्ला बचत संघहरु सँग ८ वटा विषयमा सहकार्य गर्ने रणनीति बनाएको छ ।
तालिम तथा शिक्षा, स्तरिकरण कार्यक्रम, सञ्जाल विस्तार, तथ्यांक संकलन लगायतका विषयमा सहकार्य गर्ने जनाएको छ । त्यस्तै सहकारी सम्बन्धी सम्पूर्ण तालिमको पाठ्यक्रम समेत बागमती प्रोस्कूनले बनाउने भएको छ । उक्त पाठ्यक्रम तयार गरी जिल्ला संघहरुलाई समेत दिने जनाएको छ ।

सहकार्य र साझेदारी हुने क्षेत्रहरु
– बचत तथा ऋण सहकारी संस्थाहरुको क्षमता विकासका तालिम तथा शिक्षा कार्यक्रम
– सहकारीको लागि दक्ष जनशक्ति विकास सम्बन्धि कार्यक्रम
– सदस्य संस्थाहरुको अनुगमन कार्यक्रम
– स्तरीकरण सम्बन्धी कार्यक्रमहरु
– सञ्जाल विस्तार र व्यवस्थापन सम्बन्धी कार्यक्रम
– नियामक निकायहरुसंग बहस र परैवी
– प्रदेशस्तरीय गोष्ठी तथा कार्यक्रमहरु
– सहकारी तथ्यांङ्क संकलन

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार