ओमदेवी मल्ललाई भारत सरकार र सहकारी अभियानको विशेष सम्मान
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ, नेपालका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले अन्तर्राष्ट्रिय सम्मान पाएका छन् ।
१००औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा भारतको केन्द्रिय सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी संघ, भारतले मल्ललाई विशेष विधामा सम्मान गरेको हो ।
नेपालको सहकारी अभियानमा उत्कृष्ट काम गरेको भन्दै बिशेष सम्मान गरेको हो ।
सोमबार नयाँ दिल्ली स्थित विज्ञान भवनमा आयोजित एक भव्य समारोहको बीच भारत सरकारका केन्द्रिय गृहमन्त्री अमित शाहले मल्ललाई सम्मान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा मत्स्य पालन तथा डेरी केन्द्रिय मन्त्री परशोत्तम रुपाला, केन्द्रिय सहकारी तथा उत्तरपुर्वी क्षेत्र विकास राज्यमन्त्री बी.एल.बर्मा, राज्य सभाका सांसद तथा पुर्व केन्द्रिय मन्त्री सुरेश प्रभु, अन्तर्राष्ट्रिय सहकारी संगठन एसिया प्यासिफिकका अध्यक्ष चन्द्रपाल सिंह यादव, सहकारी सचिव ज्ञानेश कुमार, भारतिय राष्ट्रिय कृषि सहकारी विपणन संघ लिमिटेड (नेफेड) का अध्यक्ष डा.विजेन्द्र सिंह, राष्ट्रिय सहकारी संघका अध्यक्ष दिलीप संघाणी लगायतको उपस्थिति रहेको थियो ।
मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघको एसिया क्षेत्रबाट नै ग्लोवल बोर्डमा प्रतिनिधित्व गर्ने पहिलो महिला हुन् । हाल उनी निवर्तमान ग्लोवल बोर्ड सदस्य हुन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
