२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीकर्मी तिमल्सिनालाई १४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

२०७९ असार २०, सोमबार
सहकारीकर्मी तिमल्सिनालाई १४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं : नक्कली शैक्षिक प्रमाण पत्र र कीर्ते काण्डमा पक्राउ परेका सहकारीकर्मी माधवप्रसाद तिमल्सिनालाई थप १४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको अभियोगमा तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले असार १४ गते ललितपुरको थसीखेलबाट पक्राउ गरेको थियो । तिमल्सिनालाई सीआईबीले राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

तिमल्सिनालाई पहिलो पटक सीआईबीले ५ दिन म्याथ थप गरेर अनुसन्धान गरेको थियो । सीआईबीले आइतबार जिल्ला अदालत काठमाडौंबाट थप १४ दिन म्याथ थप गरेको सीआईबीले जनाएको छ ।

तिमल्सिनालाई जन्म मिति २०२६-१२-२६ , रजिष्ट्रेसन नं.१४९१५-८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको माधव प्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र  त्रि.वि.दर्ता नं. १४९१५-८९, पाटन बहुमुखी क्याम्पसको स्नातक तहको ट्रान्स्कृप्ट कीर्ते गरेको आरोप छ । सो प्रमाणपत्र गत चैत ६ गते निवेदनका साथ बोर्डमा पेश गरेका थिए ।

अभिलेख

लोकप्रिय