२० भदौ २०८३, शनिवार

मुलुककै उत्कृष्ट सहकारी संघको रुपमा दोलखा पुरस्कृत

२०७९ असार १९, आईतवार
मुलुककै उत्कृष्ट सहकारी संघको रुपमा दोलखा पुरस्कृत

काठमाडौं : दोलखा जिल्ला सहकारी संघ लि. मुलुककै उत्कृष्ट सहकारी संघको रुपमा पुरस्कृत भएको छ ।

६५औं राष्ट्रिय सहकारी दिवसका दिन घोषणा भएको उक्त पुरस्कार १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन राष्ट्रिय सहकारी महासंघले दिएको हो ।

जिल्लाका विषयगत सहकारी संघ तथा संस्थाहरूको प्रवर्द्धन तथा संस्थागत विकासको लागि उल्लेखनिय भूमिका निवाह गरे वापत जिल्ला सहकारी संघ लि. चरिकोट दोलखालाई नेपालको सहकारी अभियानको तर्फबाट नगद २५००० सहित उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उक्त पुरस्कार संघका अध्यक्ष हेमन्तकुमार चौलागाईंलाई सो पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

२०५० साल भाद्र ४  गते स्थापना भएको संघ दोलखा यसअघि साविकको डिभिजन सहकारी कार्यालय बाट समेत पुरस्कृत भइसकेको हाे।

अभिलेख

लोकप्रिय