२० भदौ २०८३, शनिवार

सिको साकोसलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार’

२०७९ असार १८, शनिवार
सिको साकोसलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार’

ललितपुर : बर्दियाको ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्था ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार– २०७८’ बाट पुरस्कृत भएको छ ।

१००औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले लुम्बिनी प्रदेशबाट सिको साकोसलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संस्थाका बरिष्ठ उपाध्यक्ष उदय बहादुर खत्री र प्रमुख कार्यकारी अधिकृत हरिहर पौडेललाई पुरस्कार प्रदान गरिएको थियो ।

२०५० साल असोज ९ गते स्थापना भएको सिको साकोस बर्दिया जिल्लाकै पहिलो सहकारी यो । सिको साकोस समुदायमा आधारित नेपालै उत्कृष्ट सहकारीको रुपमा परिचित छ ।

२०५० साल असोज ९ गते स्थापना भएको सिर्जना बचत तथा ऋण सहकारी संस्था बर्गदा, २०५६ सालमा स्थापना भएको कोशेली बचत तथा ऋण सहकारी संस्था वकुवा र २०६७ चैत्रमा दर्ता भएको लक्ष्मी बचत तथा ऋण सहकारी भुरीगाउँ तिनवटै संस्थाको साधारण सभाबाट प्राप्त मार्गदर्शन र म्याण्डेटको आधारमा मिति २०७५असार १ गते एकिकरण सम्पन्न भई सिको बचत तथा ऋण सहकारी संस्था गठन तथा दर्ता भएको थियो ।

संस्था नेपाल सरकारबाट समेत पुरस्कृत भैसकेको छ । त्यस्तै नेफ्स्कूनले पनि पुरस्कृत गरिसकेको छ । संस्थाबाटै प्रतिनिधित्व गरी अध्यक्ष दामोदर अधिकारी नेफ्स्कूनको महाचिव समेत हुनुहुन्छ ।

अभिलेख

लोकप्रिय