७ वैशाख २०८२, आईतवार

सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्रीः मन्त्री श्रेष्ठ

२०७९ असार १८, शनिवार
सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्रीः मन्त्री श्रेष्ठ

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्री भएको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघले १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहकारी अभियानको सकारात्मक सुझावलाई ग्रहण गर्न सरकार सधै तयार रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सहकारीबाट रोजगारी सिर्जना गरेर जनताले देखिने र सुन्ने गरी काम गर्न आफू आतुर रहेको बताउनुभयो । साथै सहकारीप्रतिको जनविश्वास बढाउनु पर्ने आग्रह गर्दै उहाँले सहकारी व्यवसायलाई अवरोध पु¥याउने कानुनी व्यवस्थामा समसामयिक परिवर्तन सकिने बताउनुभयो ।

सो कार्यक्रममा सहकारीले उत्कृष्ट विश्व निर्माण कसरी योगदान गर्न सक्छ भन्ने विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारी लोकतान्त्रिक र सुशासन अभ्यास गर्ने थलो भएकाले लाभको पदमा बसेका सहकारीका सदस्यहरुले पद त्याग गर्नुपर्ने बताउँदै सम्पत्ति सुद्धिकरणलाई सहकारी संघ÷संस्थाहरुले महत्वकासाथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

समारोहमा महासंघका पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, सल्लाहकार उषा झा र महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेले शुभकामना मनतव्य राख्नुभएको थियो ।

महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियान सरकारसंग हातेमालो गरेर विकासको सहयात्री बन्न चाहेको बताउँदै सहकारी ऐन,२०७२ मा भएको व्यवस्था अनुसार नै सहकारी संघ÷संस्थाहरुलाई कर निर्धारण गर्न मांग गर्नुभयो ।

महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

अभिलेख

लोकप्रिय