सदस्यहरुको निक्षेप जोखिममा छैनः हब को-अपरेटिभ
काठमाडौं : बालुवाटार स्थित हब कोअपरेटिभ सर्भिस लि. ले संस्थामा आवद्ध रहेका सदस्यको बचत रकम जोखिममा नरहेको बताएको छ ।
संस्थाले आज (शनिबार) प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस संस्थासँग कारोबार गरिरहेका कुनै पनि सदस्यहरुको निक्षेप जोखिममा नरहेको सम्बन्धीत सबैमा जानकारी गराँउदछौं ।’
संस्था बिरुद्ध केही व्यवसायीक प्रतिस्पर्धी समुह तथा व्याक्तीहरुको उक्साहटमा केही सञ्चार माध्यममा अनर्गल र भ्रामक समाचार प्रकाशित भएकोमा संस्थाको गम्भिर ध्यानआर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गतवर्ष देखि यस संस्थाले वित्तीय कारोबार शुरु गरेको करिब एक वर्षको अवधि पुरा भएकोमा हालसम्म शेयर र निक्षेप गरि १२ करोड ननाघेकोमा केही सञ्चार माध्यमले हब सहकारीले ५० करोड निक्षेप अन्तर सहकारी कारोबार गरी संकलन गरेको, सदस्यहरुले निक्षेप गरेको बचत रकम जोखिममा रहेको जस्ता भ्रामक समाचार प्रकाशित गरेकोले संस्थाका सदस्यहरु, शुभचिन्तकहरु, सरोकारवाला निकायहरु सबैमा सत्य तथ्य बुझी स्पष्ट हुन हार्दिक अनुरोध गर्दछौं ।’
सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, र संस्थाको स्विकृत विनियम हब सहकारी सञ्चालनका मुख्य आधार समेत रहेको स्पष्ट पारेको छ ।
संस्थाले सहकारी ऐन २०७४ को दफा २५ को उपदफा (झ) अनुसार स्विकृत विनियममा उल्लेखीत कार्यहरु गरिरहेको समेत बताएको छ ।
सहकारी ऐन २०७४ को जगमा खडा भएको हब कोअपरेटिभ सर्भिस लि. ले सो ऐनको दफा ३० को उपदफा (२) मा व्यवस्था भए बमोजिम उत्पादन मुलक र सेवामुलक समेत कार्य गरिरहेका संघ संस्थाहरुलाई स्विकृत विनियम बमोजिम सदस्यता प्रदान गरिरहेको संस्थाको भनाई छ ।
संस्थाले जारी गरेको विज्ञप्ति

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
