विश्व सहकारी अभियानको १०० वर्ष
काठमाडौं । विश्व सहकारी अभियान १०० वर्षमा प्रवेश गरेको छ । आज १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवस । आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सहकारी दिवसको नारा ‘सहकारीले सुमन्नत विश्व निर्माण गर्छ’ तय गरेको छ । सन् १९९५ देखि आइसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको सहकारी प्रवर्धन र विकाससम्बन्धी समिति–कोप्याकले संयुक्त रुपमा आइसीएको थिम तय गर्दै आएका छन् ।
सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाईन्छ ।
नेपालमा पनि अन्तर्राष्ट्रिय सहकारी दिवस आज मनाइँदैछ । आज २९ औं राष्ट्रिय सहकारी महासंघ दिवस पनि हो ।
आज महासंघले कार्यक्रम आयोजना गरी राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गर्दैछ । महासंघद्वारा राष्ट्रिय सहकारी दिवस (चैत २० गते) का अवसरमा घोषित सम्मान तथा पुरस्कारहरु प्रत्येक बर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस अर्थात राष्ट्रिय सहकारी महासंघ दिवसका अवसरमा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार