२० भदौ २०८३, शनिवार

प्रज्ञान सहकारीका अध्यक्ष श्रीकृष्ण महर्जनसहित ८ जना पक्राउ, १७ करोड ९४ लाख हिनामिना

२०७९ असार १७, शुक्रबार
प्रज्ञान सहकारीका अध्यक्ष श्रीकृष्ण महर्जनसहित ८ जना पक्राउ, १७ करोड ९४ लाख हिनामिना

काठमाडौं : चन्द्रागिरि १७, बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संस्थाका सञ्चालकले रकम हिनामिना गरेको उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरी अनुसन्धानबाट सदस्यहरुले संस्थामा गरेको १७ करोड ९४ लाख ७६ हजार ५ सय १८ रुपैयाँ बचत रकम हिनामिना गरेको खुलेको छ ।

उनीहरू विरुद्ध प्रहरीले अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । सदस्यबाट उठाएको बचत संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जन लगायतले धितो जमानी नराखी, नक्कली मुद्दती बचत प्रमाण दिने, नक्कली कर्जा लगानी गर्ने र शेयर अपचलन गर्ने गरेको देखिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले संस्थाका उपाध्यक्ष विरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, ऋण उपसमिति सदस्य अष्टकुमार महर्जन, लेखा परीक्षक हिमालयराज जोशी र दिपक राना मगरलाई नियन्त्रणमा लिएको छ ।

चन्द्रागिरि नगरपालिकाले प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो । सोही पत्रको आधारमा प्रहरीले सञ्चालकहरुलाई पक्राउ गरी अनुसन्धान गरेको हो ।

 

 

अभिलेख

लोकप्रिय