कोपोमिसमा आवद्ध नहुने सहकारीलाई कारबाही गर्छौं, अभियानले पनि साथ दिन्छः रजिष्ट्रार
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले कानुन कार्यान्वयन नगर्न कसैलाई पनि छुट नभएको स्पष्ट पार्नुभएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा शुक्रबार भएको ‘कोपोमिसमा समष्टिगत विवरण प्रविष्टिमा संघरसंस्थाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै रजिष्ट्रार पण्डितले राज्यको अभियानभन्दा बाहिर जाने सहकारीलाई कारबाही गरिने बताउनुभयो । सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना प्रणाली (कोपोमिस)मा आबद्ध नहुने छुट कसैलाई नभएको समेत बताउनुभयो ।
सहकारी अभियान पनि कोपोमिसप्रति सकारात्मक भएको भन्दै कारबाही गर्नुपर्ने अवस्था आएमा कुनै सहकारीलाई कारबाही नगर्न दवाव नआउने बताउनुभयो ।

‘अभियानले कारवाहीको विरोध गर्ने छैन’ उहाँले भन्नुभयो, ‘निश्चित समयमा पनि सहकारी नआए कारबाहीमा पर्छन् ।’ सहकारी ऐन २०७४ मा कोपोमिसमा सूचना प्रविष्ट नगर्ने सहकारीलाई ३ लाखसम्म जरिवाना गर्ने व्यवस्था छ । सहकारी अभियानसँगको साझेदारीमा कोपोमिस व्यापकरुपमा कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।
कोपोमिस कार्यान्वयनका लागि सरकारले १ करोड बजेट विनियोजन गरेको रजिष्ट्रार पण्डितले बताउनुभयो । ‘कोपोमिस कार्यान्वयन गर्न विभागले उच्च प्राथमिकता दिएको छ’ उहाँले भन्नुभयो, ‘सहकारीमा राम्रा÷नराम्रा सबै पक्ष छन् । नराम्रालाई फिल्टर गर्दै जान्छौं ।’
रजिष्ट्रार पण्डितले हालसम्म १५ हजार सहकारीले कोपोमिसको पासवर्ड लगेपनि हालसम्म ९ हजारले मात्रै प्रविष्ट विवरण राख्ने गरेको बताउनुभयो। आबद्ध भएका सहकारीलाई पनि विवरण भराउने र नयाँ सहकारीलाई पनि जोड्ने योजना रहेको उहाँको भनाई थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार