सहकारी अभियान्ता भन्छन्, ‘कोपोमिस आवश्यकता हो, कार्यान्वयनमा सघाउँछौं’

काठमाडौं : सहकारी अभियानले सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) कार्यान्वयन गर्न सघाउने प्रतिवद्धता जनाएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको ‘कोपोमिसमा समष्टिगत विवरण प्रविष्टिमा संघ/संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहकारी अभियानका प्रतिनिधिहरुले कोपोमिस उच्च प्रथामिकतामा परेको भन्दै कार्यान्वयन गर्न पूर्णरुपमा सहजीकरण गर्ने बताए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कोपोमिस कार्यान्वयन गर्न बैंकले अभियान सञ्चालन गरिसकेको बताउनुभयो । ‘हामी कोपोमिस कार्यान्वयन गर्न तदारुकता देखाइसकेका छौं’ उहाँले भन्नुभयो, ‘हाम्रा धेरै सदस्य कोपोमिसमा जोडिसकेका छन् ।’

राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका उप्रेतीले जिल्ला संघहरुलाई पत्राचार गरी कार्यान्वयनका लागि समन्वय गर्ने बताउनुभयो । ‘कोपोमिसमा सबै सहकारीलाई ल्याउन सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अभियान चलाउन हामी तयार छौं ।’ सहकारीको यथार्थ तथ्यांक नहुँदा हचुवाका भरमा बोल्नुपर्ने बाध्यता रहेकाले कोपोमिस कार्यान्वयन भएमा वास्तविक तथ्यांक आउने उहाँको भनाई थियो ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय सहकारीलाई ट्रयाकमा ल्याउन कोपोमिसमा जानुको विकल्प नभएको बताउनुभयो ‘वित्तीय कारोबार गर्ने सहकारी नेटवर्क भन्दा बाहिर हुनुहुँदैन’ उहाँले भन्नुभयो । कुनै सहकारीलाई आर्थिक विचलन पर्न नहुनेतर्फ सजग भएको उहाँले बताउनुभयो ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उद्धव सापकोटाले कोपोमिस कार्यान्ववयन गर्न संघले सघाउने बताउनुभो । राष्ट्रिय सहकारी महासंघका नायव महाप्रबन्धक सुरेश थापाले कोपोमिसमा रिर्पोटिङ गर्ने सिष्टम अलमलमा परेको बताउनुभयो । कसरी विवरण प्रविष्ट गर्ने भन्नेमा केही सहकारीहरु अन्योल र अलमल रहेको समेत बताउनुभयो । महासंघले सहकारीहरुलाई कोपोमिसमा आवद्ध हुन आव्हान समेत गरेको बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार