२० भदौ २०८३, शनिवार

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन खुला

२०७९ असार १६, बिहिबार
नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन खुला

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले उत्कृष्ट सम्मान तथा पुरस्कारका लागि आवेदन खुला गरेको छ ।

संघको ३५ औं स्थापना दिवस (श्रावण ३१ ) को अवसरमा उत्कृष्ट सम्मान तथा पुरस्कारको घोषणा गरिने नेफ्स्कूनले जनाएको छ । संघले प्रत्येक वर्ष सहकारी अभियानमा सक्रिय रही अभियानको विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका साकोस, जिल्ला बचत तथा ऋण सहकारी संघ एवम् साकोसकर्मीहरुलाई नेफ्स्कून सम्मान तथा उत्प्रेरणा नीति २०६८ (संशोधन २०७८ समेत) ले तोके बमोजिम विभिन्न विधाहरुमा सम्मान तथा पुरस्कारको घोषणा गर्ने गर्दछ ।

नीतिमा तोकिएका विभिन्न ७ विधाहरुमध्ये पुरस्कार आवेदन फाराम भर्नुपर्ने विधाहरुसँग सम्बन्धित फारम संघको वेवसाईट मा राखिएको जनाएको छ । उक्त आवेदन भरी २०७९ साल श्रावण १५ गते कार्यालय समयभित्र पठाउनुपर्ने संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय