थप चार सहकारी संस्था कालोसूचिमा
काठमाडौं : कर्जा सूचना केन्द्रले थप चार वटा सहकारी संस्थालाई कालो सूचिमा राखेको छ । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार नौ दिनमै चार वटा सहकारी कालोसूचीमा परेका हो ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ । राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण तिर्न नसकेका कारण थप चार वटा सहकारी संस्थाहरु कालोसूचीमा परेका हुन् ।
कर्जा सूचना केन्द्रले असार ८ गते धादिङ स्थित तिरिमिरी बचत तथा ऋण सहकारी संस्थालाई कालोसूचिमा राखेको छ । हाल यो संस्था अस्थित्वमा छैन । त्यस संस्था संग सम्बन्धीत व्यक्तीहरुमा अञ्जु श्रेष्ठ, इन्दिरा बस्नेत, लोकनाथ दल्लकोटी, माधव कुमार सिग्देल, प्रकाश भट्ट र सुमन कुमार श्रेष्ठ रहेका छन् ।
त्यस्तै असार ९ गते स्मृति बचत तथा ऋण सहकारी संस्थालाई पनि कालोसूचिमा राखेको छ । यस संस्था सँग सम्बन्धीत व्यक्तीहरुमा विष्णु शर्मा र देबेन्द्र श्रेष्ठ रहेका छन् ।
त्यस्तै असार १० गते सरसपाट बचत तथा ऋण सहकारी र नवराजधानी सहकारी संस्था पनि कालो सूचिमा परेको छ । सरसपाट सँग सम्बन्धीत व्यक्तीहरुमा गोपाल प्रसाद धमला, जानकी श्रेष्ठ, पद्म महर्जन, संगीता कार्की, शेरबहादुर मगर र सीताराम कार्की रहेका छन् भने नवराजधानी सँग सम्बन्धीत व्यक्तीहरुमा अजय पण्डित, सगुन पाण्डे र सुरेन्द्र अमात्य रहेका छन् ।
यो पनि पढ्नुहोस्
एक महिनामै ५ सहकारी ब्ल्याक लिष्टेड (संस्था र सम्बद्ध व्यक्तिको नामसहित)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
