२१ भदौ २०८३, आईतवार

आफ्नै भवनमा सर्दै जेष्ट सहकारी

२०७९ असार ८, बुधबार
आफ्नै भवनमा सर्दै जेष्ट सहकारी

काठमाडौं : गोंगबुमा प्रधान कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाले अब आफ्नै भवनबाट कारोबार शुरु गर्ने भएको छ । संस्थाले सामाखुशी चोक नजिकै आफ्नै भवन निमार्ण गरेको छ ।

उक्त भवनको पुजा समेत सम्पन्न भैसकेको छ । अब केही दिनमै नयाँ भवनबाट सदस्यलाई सेवा प्रदान गर्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक मधुसुदन पाठकले सहकारीखबरलाई जानकारी दिनुभयो । हाल प्रधान कार्यालय रहेको स्थानबाट पनि संस्थाले नियमित सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

संस्थाले प्रधान कार्यालय सँगै कलंकी, न्युरोड, कोटेश्वर, टोखा र हात्तिगौंडा सेवा केन्द्रहरुबाट पनि सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय