२० भदौ २०८३, शनिवार

अन्तर्राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा पुनः ग्वार्को, नेपालको सहभागिता शुन्य !

२०७९ असार ७, मङ्गलबार
अन्तर्राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा पुनः ग्वार्को, नेपालको सहभागिता शुन्य !

काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को अध्यक्षमा पुनः डा. एरियल ग्वार्को निर्वाचित हुनुभएको छ ।

स्पेनको सेभिलमा भएको चुनावी साधारण सभाबाट ४ वर्षको लागि पुनः ग्वार्को निर्वाचित हुनुभएको हो ।

अध्यक्षका लागि तीन जना प्रतिस्पर्धामा थिए । फ्रान्स सहकारीका अध्यक्ष जिन लुईस बान्सेल पनि चुनावी प्रतिस्पर्धामा थिए । त्यस्तै अस्ट्रेलियन सहकारीका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन पनि प्रतिस्पर्धामा थिए ।
चुनावमा विद्युत्तीय मतदान हुने भनिए पनि प्रविधिक कारणले हुन सकेको थिएन । विद्युत्तीय मतदान हुन नसकेकोमा अध्यक्ष एरियल ग्वार्कोले दुःख व्यक्त गरेका छन् ।

यस अघि सन् २०१७ को नोभेम्बर १७ मा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न साधारण सभाबाट ग्वार्को निर्वाचित हुनुभएको थियो ।

ग्वार्को दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका प्रतिष्ठित सहकारी अभियन्ता हुनुहुन्छ । उहाँ अर्जेन्टिनाको प्रारम्भिक विद्युत सहकारी संस्था, सहकारीको केन्द्रीय निकाय हुँदै विश्व सहकारी अभियानको सर्वोच्च निकाय आइसीएमा दोस्रो कार्यकालको लागि अध्यक्ष चयन हुनुभएको हो ।

यसअघि आइसीए बोर्डमा नेपालको प्रतिनिधित्व रहेको थियो । तर, यसपट भने विश्व मञ्चमा नेपालीको सहभागिता शुन्य हुन पुगेको छ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएको ओमदेवी मल्ल बोर्ड सदस्य थिए । तर यस पटकको निर्वाचनमा भने नेपाली सहकारीकर्मीले आट देखाउन सकेन । आइसीएको निर्वाचनमा सबैभन्दा बढी भोटर भएको देश नेपाल हो । नेपालसँग २५ भोट थियो ।

यस पटक नेपालको तर्फबाट भोट हाल्ने र घुमघाम गर्ने बाहेक अन्य उपलब्धी हासिल हुन सकेन ।

अभिलेख

लोकप्रिय