२० भदौ २०८३, शनिवार

गण्डकी प्रदेश बजेटः सहकारीको वर्गिकरण गरिने

२०७९ असार १, बुधबार
गण्डकी प्रदेश बजेटः सहकारीको वर्गिकरण गरिने

पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।

अर्थमन्त्री रामजी प्रसाद बरालले प्रदेश संसदमा बजेट पेश गर्दै चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगत तर्फ २२ अर्ब १४ करोड १ लाख रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्।

त्यस्तै प्रदेश सरकारले वित्तीय तर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। गण्डकी प्रदेशको गत वर्ष ३० अर्ब रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको थियो। यो वर्ष ५ अर्ब ९० करोड रुपैयाँ बजेट थप भएको छ।

बजेटमा सहकारी

प्रदेश भित्र सञ्चालनमा रहेका सहकारीको वर्गिकरण गर्ने,

सहकारीमार्फत हुने कर्जा प्रवाहको आधारलाई थप व्यवस्थित बनाउन नीति बनाउने,

कृषि क्षेत्रमा सहकारी क्षेत्रको निक्षेप परिचालन गरी रोजगारी सृजना तथा गरिबी न्यूनिकरण पुर्याउने,

कृषि सहकारीको कृषि उत्पादन तथा विक्रि वितरणलाई कृषि अनुदानमा आवद्ध गरी उत्पादनलाई प्रोत्साहन गरिने ।

अभिलेख

लोकप्रिय