बागमती प्रदेश बजेटः सहकारी व्यवस्थापन सूचना प्रणाली निमार्ण गर्ने
काठमाडौं : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। यो बजेट चालु आवको भन्दा झन्डै १३ अर्ब रुपैयाँले बढी हो। चालु आवको लागि बागमती प्रदेशले ५७ अर्ब ७२ अर्बको बजेट विनियोजन गरेको थियो ।
अर्थमन्त्री शालिकराम जमरकटेलले प्रस्तुत गर्नुभएको बजेटको कुल रकम मध्ये चालु खर्चतर्फ १९ अर्ब २९ करोड, पुँजीगत खर्चतर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरण तर्फ ८ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ २ अर्बको बजेट करोड रपैयाँ विनियोजन भएको जनाएका छन्।
बजेटमा सहकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवाण मन्त्रालयलाई २४ करोड ३७ लाख विनियोजन,
प्रदेशको क्षेत्रअधिकारमा रहेका सहकारीहरुको अभिलेख व्यवस्थापन र सेवा प्रवाहलाई स्वचालित बनाउँदै लैजाने गरी सहकारी व्यवस्थापन सूचना प्रणाली निमार्ण गर्न बजेट विनियोजन,
सहकारी संघ संस्थाहरु समेतको लागत साझेदारीमा सहकारी सञ्चालक, कर्मचारी तथा सदस्यहरुको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन,
सहकरीको नियमन र अनुगमन गर्न कर्मचारीको क्षमता विकास गरिने,
स्थानीय तहको सहकारी नियमन तथा अनुगमत क्षमता बढाउन स्थानीय तहसँग सहकार्य गरिने,
बाँझो एवं यपयोगविहिन खेतीयोग्य जमिन सहकारीलाई लिजमा दिने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार