२१ भदौ २०८३, आईतवार

छुट्टै साकोस ऐन हैन अहिलेकै ऐनलाई पूर्ण कार्यान्वयन गरौंः रजिष्ट्रार

२०७९ जेठ ३१, मङ्गलबार
छुट्टै साकोस ऐन हैन अहिलेकै ऐनलाई पूर्ण कार्यान्वयन गरौंः रजिष्ट्रार

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले नयाँ साकोस ऐन ल्याउनुभन्दा अहिलकै ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

सहकारी ऐन २०७४ आएको पाँच वर्ष मात्रै भएको र ऐन कार्यान्वयनमा दत्त चित्त भएर लाग्न अनुरोध गर्नुभयो । ‘अहिलेको ऐनको कुन कुन दफा र व्यवस्थाले बचत तथा ऋण सहकारीलाई काम गर्न रोक्यो?’, उहाँले भन्नुभयो, ‘यी कुराहरु क्लियरका साथ विभागलाई कन्भिन्स गर्नुहोस् ।’

दुई वटा डुंगामा खुट्टा हाल्दा डुबिने बताउँदै रजिष्ट्रार पण्डिते काम गर्न भएका अप्ठ्यारालाई शंसोधन गरेर अघि बढ्न आफू तयार रहेको बताउनुभयो ।

नेफ्स्कूनको आयोजनामा २९ र ३० गते भएको साकोस शिखर गोष्ठीको समापन समारोहमा बोल्दै रजिष्ट्रार पण्डितले भन्नुभयो, ‘मेरो विनम्र अनुरोध एउटै बाटो हिंडौं । गन्तव्यमा पुगिन्छ ।’

त्यस्ते अर्को प्रसंगमा रजिष्ट्रारले प्रतिप्रश्न गर्ने भन्नुभयो, ‘राष्ट्रिय सहकारी महासंघ पनि यो सफ्टवेयर किन भनेर भन्ने, नेफ्स्कूनले पनि सफ्टवेर बन्दै छ भनेर प्रचार प्रसार गर्ने? कति वटा सफ्टवेर चलाउने सहकारी ले?’

यस्ता विषय क्लियर हुनुपर्ने बताउँदै सहकारी विभागले सफ्टवेरको फिचर तोक्ने बताउनुभयो । ‘के के फिचर हुनुपर्छ, के के क्यारेक्टर हुनुपर्छ, त्यसको मापदण्ड तोक्दैछौं ।’, उहाँले भन्नुभयो, ‘तोकिएको मापदण्ड भित्र जति सफ्टवेर पर्दछन् ती मात्र प्रयोगमा आउँछन् ।’

अभिलेख

लोकप्रिय