सहकारीमा बढेकाे आय करकाे दर घट्ने सम्भावना न्यून, विभागिय मन्त्री माैन
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत बढाएकाे सहकारीको आय करकाे दर घट्ने सम्भावना न्यून बनेको छ ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सहकारी ऐन विपरित सहकारी क्षेत्रमा लगाएको कर घटाउन माग भएकाे थियाे । तर, आयकर बढाएकाे विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ मौन बसेकी छिन् ।
बजेटको विषयमा उठेका प्रश्नको विषयमा जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले आय कर बढाएकाे बिषयमा केही जवाफ दिनुभएन । कर घटाउने विषयमा मन्त्रीले केही नबोलेपछि सांसद धनश्याम खतिवडाले पुरक प्रश्न गर्दै सहकारी क्षेत्रमा लगाइएको कर घटाउने विषयमा मन्त्रालयको धारणा माग गर्नुभएकाे थियाे । तर, मन्त्री श्रेष्ठ भने करकाे विषयमा केही जवाफ दिनुभएन ।
सहकारी ऐन विपरित सहकारी क्षेत्रमा कर लगाएको भन्दै सांसदहरुले कर पुरानै कायम गर्न माग गरेका थिए ।
सांसद खतिवडाले सहकारी स्थिरिकरण कोषको लागू हुनु निकै प्रभावकारी काम भएको बताउनुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार