सहकारीमा नियमन कमजोर छ, जोखिम व्यवस्थापन अपरिहार्यः डा. रमेश चौलागाई
काठमाडौं : नेपाल राष्ट्र बैंकका उप निर्देशक डा. रमेश चौलागाईंले सहकारीमा जोखिम व्यवस्थापन अपरिहार्य भएको बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको साकोस शिखर गोष्ठीको दोस्रो दिन ‘सहकारीमा जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चौलागाईले पछिल्लो समय सदस्यले बचत फिर्ता नपाएको जस्ता घटनाहरु बढेको बताउनुभयो । यी घटना जोखिम व्यवस्थापन गर्न नसकेर भएको उल्लेख गर्दै उहाँले अब सहकारीमा जोखिम व्यवस्थापनका लागि काम गर्नु पर्ने बताउनुभयो ।

‘मनी बिजनेश अर्थात कर्जा र निक्षेपमा बढी जोखिम हुन्छ । जोखिमकै कारण आम्दानी घट्ने, लागत बढ्ने हुन्छ । रिक्स र रिटर्न एक सिक्काका दुई पाटा हुन् । यसमा सहकारी सर्तक हुनुपर्छ,’ उहाँले कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो । उहाँका अनुसार सहकारीले सुरुमा जोखिम पहिचान, जोखिम विश्लेषण, जोखिम व्यवस्थापन, जोखिम कम तथा रिक्स सेयर र पोर्टफोलियो म्यानेजमेन्ट लगायतका काम गरेर जोखिम न्यूनीकरण गर्नु पर्ने धारणा राख्नुभयो ।
उहाँले सहकारीमा कमजोर नियमन भएकोले त्यसतर्फ पनि काम गर्नु पर्ने धारणा राख्नुभयो । तरलताको अभाव पनि जोखिमको कारण भएको बताउँदै उहाँले कानुनले तोकेको निर्देशन मेन्टन गर्न सकिएन भने तरलताको समस्या सिर्जना हुने बताउनुभयो । उहाँका अनुसार सहकारीमा पारदर्शिताको अभाव छ ।

‘सहकारीमा वित्तीय अनुशासन अवस्था कमजोर छ । सदस्यको संस्थाप्रति पहुँच अभाव छ । व्यवसायिकताको कमी, नीतिगत अभाव लगायतका समस्या छन् । वित्तीय कारोबारमा ध्यान नदिँदा पनि समस्या भएको छ ।’, उहाँले भन्नुभयो ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका सहायक प्राध्यापक डा. रविन्द्र घिमिरेले टीप्पणी र कासिराज दाहाल अध्यक्षता गर्नुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार