साकोस शिखर गोष्ठीको दोस्रो दिनः पाँच वटा कार्यपत्रमा छलफल हुँदै
काठमाडौं : ‘दीगो एवं एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि’ मुल भाव र संकल्प सहित सुरु भएको साकोस शिखर गोष्ठी २०७९ को आज दोस्रो दिन । आईतबारबाट सुरु भएको गोष्ठी आज साझा घोषणा पत्र जारी गरी समापन हुँदैछ । गोष्ठीमा आज तीन वटा सामुहिक सत्र र २ वटा ब्रेक आउट सत्र हुँदैछ ।
एसियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताचारीले ‘साकोसहरुले अवलम्बन गरेको नयाँ सामान्य संस्कृतिः कोभिड १९ को प्रतिक्रिया’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यस्तै नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनालीले ‘संघीयतामा वित्तीय सहकारीहरुः प्रर्वद्धन, विकास र सुशासन र नेपाल’ विषय कार्यपत्र सामुहित सत्रमा प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै ब्रेक आउट सत्रमा सहकारी विभागमा पूर्व रजिष्ट्रार सुर्दशन ढकालले वित्तीय सहकारीमा गुणस्तर विकासः अन्तर्राष्ट्रिय अभ्यास र नेपाल कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने नेपाल राष्ट्र बैंकका उप निर्देशन डा. रमेश चौलागाईले ‘सहकारीमा जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
त्यस्तै सामुहिक सत्रमा मानवोदय इन्स्टिच्युट अफ पार्टिसिपेटरी डेभलपमेन्ट भारतका निर्देशन वरुण विद्यार्थीले ‘नेतृत्व रुपान्तरणः प्रत्येक नेतृत्वले अंगाल्नु पर्ने महत्वपूर्ण परिवर्तन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ । कोभिड चुनौतीपछि सहकारीमा प्रविधिको आवश्यकता बढेकोले गोष्ठीका सबै कार्यपत्रहरुमा प्रविधिलाई बिशेष प्राथमिकता दिइएको नेफ्स्कूनले बताएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार