२० भदौ २०८३, शनिवार

आफूलाई बैंक नठान्न सहकारीलाई रजिस्ट्रारको आग्रह

२०७९ जेठ २९, आईतवार
आफूलाई बैंक नठान्न सहकारीलाई रजिस्ट्रारको आग्रह

काठमाडौं : सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले पछिल्लो समय सहकारीहरुले गरेको गलत कामको गुनासो बढ्दै गएको बताउनुभएको छ ।

सहकारीहरीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतमा गुनासो आएकोले त्यस्तो नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह–आयोजनामा काठमाडौंको द सोल्टी होटलमा आजबाट सुरु भएको चौथो साकोस शिखर गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै रजिस्ट्रार पण्डितले आफुलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुने समेत उहाँले बताउनुभयो । ‘एउटा सहकारीको कारण सबै सहकारी बदनामी हुनु पर्ने अवस्था नआओस्,’ उहाँले भन्नुभयो ।

हालै सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो । सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नु पर्ने पनि धारणा राख्नुभयो ।

\सहकारीका नीति, योजना कार्यक्रम बनाउन तथ्यांक आवश्यक हुने बताउनुहुँदै उहाँले सम्पूर्ण सहकारी कोपोमिसमा आवद्ध हुनु आग्रह गर्नुभयो । ३० हजार सहकारी संस्थाहरुमा २६ प्रतिशत मात्रै सहकारीका विवरण प्राप्त भएको र थप अद्यावधिक गर्न आग्रह गर्नुभयो ।

अभिलेख

लोकप्रिय