स्थिरीकरण कोष आजबाट सञ्चालनमा, घोषणा गर्न पाउँदा खुशी छुः मन्त्री श्रेष्ठ
काठमाडौं : बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष आजबाट सञ्चालनमा आएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालयमा आयोजित विशेष कार्यक्रमको बीच कोषको औपचारिक शुभारम्भको घोषणा गर्नुभएको हो । मन्त्री श्रेष्ठको घोषणा सँगै आजबाट कोष पूर्ण सञ्चालनमा आएको छ ।
मन्त्री श्रेष्ठले कोष शुभारम्भ भएको व्यहोरा सबैमा जानकारी गराउन पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।
कोष सञ्चालन शुभारम्भ घोषणा कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहितको उपस्थिति थियो ।
बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष खडा गर्न गत वैशाख ८ गते स्थिरीकरण कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालद्वारा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई कोष सञ्चालन सम्बन्धी आवश्यक दस्तावेज हस्तान्तरण गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार