साकोस शिखर गोष्ठीको तयारी अन्तिम चरणमा
काठमाडौं : चौथो साकोस शिखर गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा हुन लागेको गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको एक पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ मूल भाव र संकल्पसहित नेफ्स्कूनले यही जेठ २९ र ३० गते गोष्ठी गर्न लागेको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिनुभयो । द सोल्टी होटमामा हुने उक्त कार्यक्रममा करिब ६ सय जना भन्दा बढीको सहभागी हुनेछन्।
बचत अभियानमा डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफमेसन र डिजिटल इन्क्लूजनलाई जोडेर प्रविधिमा नविनतम आयाममा कसरी जान सकिन्छ, भन्ने विषयमा गोष्ठी केन्द्रित हुने उहाँको भनाई थियो ।
श्रीलंका, बंगलादेश र भारतलगायत देशबाट प्रतिनिधिहरु समेत सहभागी हुने गोष्ठीमा ५ वटा सामुहिक सत्र र ४ वटा ब्रेकआउट हुनेछन् । ‘प्रविधि हस्तान्तरणका विषयमा निर्णायकरुपमा गोष्ठीमा विस्तृत छलफल हुनेछ,’ उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता चन्द्रप्रसाद ढकालले साकोस अभियानमा भएका उपलब्धिहरूको आदानप्रदान गर्न साझा मञ्चको विकास गर्न गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार