साझा सहकारीको व्यवस्थापन गर्दै सरकार
काठमाडौं : सरकारले पुराना साझा सहकारीको समस्या व्यवस्थापन गर्ने भएको छ ।
२०४९ जेठ २ गते अघि सञ्चालनमा रहेका साझा सहकारी संस्थालाई सक्रिय बनाई सञ्चालनमा ल्याउनको लागि आवश्यक पर्ने कार्यविधि र सदस्यहरुले तिर्नुपर्ने ऋण तिर्ने, रोक्का फुकुवा गर्ने वा मिनाहा गर्ने कार्यविधिको ड्राफ्ट तयार गर्ने निर्णय सरकारले गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जेठ ४ गतेको निर्णयले कार्यदल बनाएको थियो । मंगलबार बसेको कार्यदलको बैठकले टिओआर समेत तयारी कामलाई अघि बढाएको छ ।
कार्यदलको बैठकले कृषि विकास बैंकसँग साझा सहकारी संघसंस्थाले लगेको र तिर्न बाँकी रहेको ऋणका विवरण साथै २०७३ सालमा सरकारले उपलब्ध गराएको २९ करोड रुपैयाँबाट कुन कुन संस्थाको ऋण हिसाब मिलान भएको हो सोको विवरण माग गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै साझाको नाममा रहेको बक्यौता एवं सोका सदस्यहरुको सावाँ ब्याजको लगत संकलन सम्बन्धमा राष्ट्रिय सहकारी महासंघले यस पूर्व संकलन गरेको विवरण माग समेत गर्ने निर्णय गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार