प्रदेश १ को नीति तथा कार्यक्रम : टोल टोलमा सहकारी, घरघरमा रोजगारी
– स्थानीय तह, कृषि सहकारी, कृषि समूहहरु र निजी क्षेत्रसँगको सहकार्यमा ‘एक पालिका एक उत्पादनको नीति’ अवलम्बन गरिनेछ ।
– कृषि तथा पशपुन्छी क्षेत्रको व्यावसायिक विस्तारका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। सम्भाव्यताका आधारमा स्थान विशेषमा सामूहिक एवं सहकारी खेती गर्न प्रोत्साहित गरिनेछ। बढी आयात हुने धान, मकै, आलु, प्याज, लसन र फलफूलको उत्पादन वद्ी गरी आयात प्रतिस्थापनका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
– सहकारी क्षेत्रलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्न प्रोत्साहित गरिनेछ। सहकारी संघ/संस्थाहरुको क्षमता अभिवद्धी का लागि सहकारी शिक्षा, नेतत्वृ विकास, व्यावसायिक योजना र उद्यमशीलता विकास सम्वन्धी तालिम कार्यक्रम सञ्चालन गरिनेछ। सहकारी संस्थाहरुको अनुगमनका लागि मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
– सहकारी मार्फत सामूहिक खेती सञ्चालन गर्न कृषि सहकारी र कृषक समूहलाई अनुदान उपलव्ध गराइनेछ । सहकारी संघ/संस्थाहरुको संस्थागत सुधारका कार्यक्रमहरु सञ्चालन गरिनेछ।
– सहकारी मार्फत उद्यमशीलता प्रवर्द्धन र पेशागत क्षमता विकास गर्न आवश्यक पजी र प्रविधिको ब्यवस्था गरिनेछ। सहकारीको माध्यमबाट गरिब तथा विपन्न वर्गको संलग्नतामा सञ्चालन हुने कार्यक्रमलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ।
– अति विपन्न गरिब परिवारसम्म सहकारी क्षेत्रको पहुँच विस्तार गर्न सहकारी संघ/संस्थालाई गरिबी न्यूनीकरणका कार्यक्रमसँग आवद्ध गरिनेछ। सहकारी मार्फत सामूहिक खेती सञ्चालन गर्न कृषि सहकारी र कृषक समूहहरुलाई प्रोत्साहीत गरिनेछ । ‘टोल टोलमा सहकारीः घरघरमा रोजगारी’ अभियान सञ्चालन गरिनेछ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार