२० भदौ २०८३, शनिवार

एक महिनामै ५ सहकारी ब्ल्याक लिष्टेड (संस्था र सम्बद्ध व्यक्तिको नामसहित)

२०७९ जेठ २४, मङ्गलबार
एक महिनामै ५ सहकारी ब्ल्याक लिष्टेड (संस्था र सम्बद्ध व्यक्तिको नामसहित)

काठमाडौं : पछिल्लो समयमा कालोसूची ( ब्ल्याक लिष्टेड) मा पर्ने सहकारी संस्थाहरु व्यापक रुपमा बढेको छ ।

राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको कर्जा तिर्न नसकेका कारण सहकारीहरु धमाधम कालोसूचीमा परेका हुन् । २०७९ बैशाख २८ गतेदेखि जेठ २० गतेसम्मको अवधिका ५ वटा सहकारी संस्था कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्र लि. का अनुसार कालोसूचीमा पर्ने अधिकांश बचत तथा ऋण सहकारी रहेका छन् ।

कर्जा सूचना केन्द्रले बैशाख २८ गते माँ अम्बे बचत तथा ऋण सहकारी संस्था लि.लाई कालोसूचीमा राखेको थियो । यो संस्था सम्बद्ध व्यक्तिहरुमा बिजय कुमार छिनाल र निर्मल कुमार सिन्जाली रहेका छन् ।

जेठ ९ गते निर्णय अनुसार सहयात्री कृषि सहकारी संस्था कालोसूचीमा परेको छ । यस संस्थासँग सम्बद्ध व्यक्तीमा विमला राई, मुकुन्द प्रसाद अधिकारी, नारायण विश्वकर्मा, राजेन्द्र कार्की, राजु श्रेष्ठ र तिलक बहादुर यस्माली थापा रहेका छन् । त्यस्तै जेठ १७ गते द नेक्स्ट बचत तथा ऋण सहकारी संस्थालाई केन्द्रले कालोसूचीमा राखेको छ । संस्थासँग सम्बद्ध व्यक्तीमा भीष्म प्रसाद भण्डारी, पवित्रा दमाई र शान्ति तिवारी रहेका छन् ।

त्यस्तै कर्जा सूचना केन्द्रले जेठ २० गते सिरेटो बचत तथा ऋण सहकारी संस्था लि. र चेतना बचत तथा ऋण सहकारी संस्थालाई कालोसूचीमा राखेको छ । चेतना सहकारी संस्थासँग सम्बद्ध व्यक्तिहरुमा अशेश्वर यादव, विजय कुमार साह हलुवाई, मोहन बहादुर बराल, निर्मला देवी ठाकुर, रानीदेवी ठाकुर, शिवजी हलुवाई र शुभ नारायण गोहिवर यादव रहेका छन् भने सिरेटोसँग सम्बद्ध व्यक्तीहरुमा श्रीजना रिजाल, सुशिला लुईटेललगायत रहेका छन् ।

अभिलेख

लोकप्रिय