२४ कात्तिक २०८३, मङ्गलबार

शिखर साकोसका सदस्यलाई उत्प्रेरणा कार्यक्रम

२०७९ जेठ २३, सोमबार
शिखर साकोसका सदस्यलाई उत्प्रेरणा कार्यक्रम

झापा : बिर्तामोड स्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई तनाव व्यवस्थापन सम्बन्धी एक दिवसिय उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ ।

कोरोना कहरले व्यवसाय उठ्दै गएता पनि तरलता अभावले लगानी बन्द हुनु, व्यापार व्यवसाय घट्दै जानु, ब्याजदर बढ्दै जाँदा व्यवसायी सदस्यहरुलाई व्ययभार बढ्दा सदस्यहरुको चिन्तालाई केही हदसम्म भए पनि कम गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले बताउनुभयो ।

शिखर साकोस प्रविधिमा अब्वल र सदस्य केन्द्रीय संस्था मात्र नभएर सामाजिक सेवामा समेत अब्बल सहकारी हो । बचत तथा ऋण सहकारी संस्था भएता पनि अहिलेको अवस्थालाई मध्य नजर गरेर सदस्यहरुलाई सकारात्मक सोच विकास गराउने उद्देश्यले यो कार्यक्रम अत्यन्त फलदायी रहेको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघका सञ्चालक गणेश ढकालले बताउनुभयो ।

सञ्चारकर्मी आरके धिताल, चेम्बर अफ कर्मशका केन्द्रिय सदस्य ओमकृष्ण बिमली, नेपाल उद्यमशिल महिला संघकी अध्यक्ष पार्वता बिमली खरेलको आतिथ्यता रहेको थियो । मोटिभेस्नल कार्यक्रमको सहजकर्ता लाईफ कोच डिआर पराजुलिले गर्नुभएको थियो ।

सदस्यहरुको उल्लेख्य उपस्थीति रहेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष दीपेन्द्र राउतले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव तारा खतिवडाले गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय