१९ भदौ २०८३, शुक्रबार

बजेट २०७९/०८० : सहकारीलाई अधिकतम् ५% ब्याजदरमा सहुलियत कर्जा

२०७९ जेठ १५, आईतवार
बजेट २०७९/०८० : सहकारीलाई अधिकतम् ५% ब्याजदरमा सहुलियत कर्जा

काठमाडौं : सरकारले निश्चित सहकारी संस्थालाई अधिकतम् ५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै भूमिहिन दलित, सुकुम्बासी, राउटे, बनकरिया, मुसहर र डोम समुदायमार्फत सञ्चालित सहकारीलाई अधिकतम् ५ प्रतिशत ब्याजदरमा सहुलियतमा कर्जा दिईने घोषण गरेको हो ।

त्यस्ता सहकारीमार्फत कृषि, पशुपालन, तरकारी खेती, ग्रामिण उद्यम व्यवसाय सञ्चालनको अधिकतम्५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।

अभिलेख

लोकप्रिय