शिव शिखरको २८औं सेवा केन्द्र र गार्डेन मार्टको १९औं शाखा दाङको भालुबाङमा
दाङ : शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले भालुबाङमा २८औं सेवा केन्द्र र गार्डेन मार्टको १९औं शाखा सञ्चालनमा ल्याएको छ ।
उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्यवस्तु लगायतका विभिन्न किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले दाङको राप्ती गाउँपालिकाको भालुबाङमा संस्थाले गार्डेन मार्टको १९ औं शाखा सञ्चालनमा ल्याएको हो ।
शनिवार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक विशेष कार्यक्रमकाबीच मार्टको शुभारम्भ गर्नुभयो । मार्ट शुभारम्भको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्टले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र स्थानीय उत्पादनलाई बजारीकण गर्न मार्टले सघाउने बताउनुभयो ।
शाखा प्रमुख दानबहादुर थापाका अनुसार शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित यो मार्टमा दैनिक उपभोग्यवस्तु, चामल, चिनी, दाल लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरू उपलब्ध छन् ।
यसका अलावा महिलाहरूका लागि श्रृंगारका सामग्रीहरू, फ्रिज, वासिङ मेसिन, आइरन, गिजर लगायतका विद्युतीय उपकरणहरू मार्टमा उपलब्ध छन् ।
मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुट समेत पाउने बताइएको छ ।
संस्थाले यस अघि नै भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको किर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौँडा, बुटबलको योगिकुटीमा, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी, डडेलधुरा, दाङको घोराही, बाँकेको चाँदनीचोक, सुर्खेतको मेहलकुनामा गार्डेन मार्टको शाखा सञ्चालनमा ल््याइसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार