२४ कात्तिक २०८३, मङ्गलबार

आर्थिक सर्वेक्षणः सहकारीको संख्या ३०,८७९ र प्रत्यक्ष रोजगारी ९१,३०१ जना

२०७९ जेठ १४, शनिवार
आर्थिक सर्वेक्षणः सहकारीको संख्या ३०,८७९ र प्रत्यक्ष रोजगारी ९१,३०१ जना

काठमाडौं : अर्थ मन्त्रालयले आज (शनिवार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सहकारीमार्फत ९१ हजार ३ सय १ जनाले प्रत्यक्ष रोजगारी पाएको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ८८ हजार ३ सय ९ जना प्रत्यक्ष रोजगारी सृजना गरेको सर्वेक्षणमा उल्लेख गरेको छ ।

२०७८ फागुनसम्ममा सहकारी संस्थाहरुको संख्या ३० हजार ८ सय ७९ पुगेको छ । त्यस्तै सहकारी संस्थामा आवद्ध सेयर सदस्य संस्था ७३ लाख ३७ हजार २ सय ५२, सेयर पुँजी ९४ अर्ब १२ करोड, बचत ४ खर्ब ७७ अर्ब ९९ करोड र कर्जा प्रवाह ४ खर्ब २६ अर्ब ३१ करोड पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

अभिलेख

लोकप्रिय