एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
धुनिखेल (काभ्रे) : सहकारी विभागले बिहीबार जारी गरेको ३५ बुँदे एकीकृत निर्देशन- २०७९ कार्यान्वयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुने भएको छ ।
तीनै तहको सरकार बीच समन्वय गरेर एकीकृत निर्देशनको पूर्ण कार्यान्वयन गर्ने तयारीमा संघीय सरकार रहेको छ ।
सम्पूर्ण पालिकाहरुमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत र प्रदेशहरुमा प्रधानमन्त्री कार्यालयमार्फत निर्देशन कार्यान्वयको लागि परिपत्र गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
सहकारी विभागले बिहीबार नै मन्त्रालयलाई सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र गरिदिन सचिव थपलियालाई लिखित पत्राचार गरेको थियो ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले मन्त्रालयका सचिव थपलियालाई परिपत्र गरिदिन सहितको पत्र हस्तान्तरण गर्नुभएको थियो ।
सहकारी संघ/संस्थामा सुशासन प्रवद्र्धनको लागि सहकारी विभागले जारी गरेको एकीकृत निर्देशन पालना गर्न सम्पूर्ण सहकारी संघ संस्थालाई सचिव थपलियाले आग्रह गर्नुभएको छ । त्यस्तै निर्देशन कार्यान्वयनमा सहकारीका नियामक निकाय स्थानीय तह र प्रदेश सरकारको पनि जिम्मेवारी रहेको बताउँदै थपलियाले निर्देशन पूर्ण कार्यान्वयनका लागि परिपत्र गरिने बताउनुभयो ।
१/२ दिन भित्रै सम्पूर्ण प्रदेश र स्थानीय तहमा परिपत्र पुग्ने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार