सहकारीमा डिजिटल रुपान्तरणका लागि महासंघ र इन्फोडेभलपर्स बीच रणनीतिक साझेदारी
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ ।
सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मिनराज कँडेलले बताउनुभयो ।
‘हामी सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा छौं’, उहाँले सम्झौता पछि भन्नुभयो । सम्झौता पत्रमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गर्नुभएको थियो ।
सहकारी तथा लद्युवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फोडेभलपर्सले अहिले नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्वपूर्ण सफ्वेयर विकास गरेको बताएको छ । सो कम्पनीले हाल १ हजारभन्दा बढी सहकारी, दर्जनौं लघुवित्त र केही बैंकहरुलाई सेवा दिइएहेका छ ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी डिजिललाइजेसनमा जानुपर्ने र नयाँ प्रविधिसँग युवा पुस्तालाई सहकारीमा आवद्धता गर्न जोड दिनुपर्ने बताउनुभयो । उहाँले बैकिङ सफ्वेयरमा एक रुपता र विश्वसनियता सिर्जना गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग एनसीएफले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गर्नुभयो । महासंघका महाप्रबन्धक सुब्बाले महासंघले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यको रुपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताउनुभयो ।
विकु साकोसका सिइओ माधव पौडेलले सहकारीमा प्रविधिको प्रयोग सुशासनको प्रस्थानविन्दु भएको औल्याउँदै इन्फोडेभलपर्सले विकास गरेको इन्फिनिटी सफ्वेयर प्रयोग गरेसँगै डिजिटल सेवा लिने सदस्यहरु बढेको अनुभव सुनाउनुभयो । त्यस्तै विन्धबासिनी साकोसका सिइओ केवी लामाले प्राविधिक सेवा उत्कृष्ट रहेको बताउनुभयो ।

इन्फोडेभलपर्सका सिइओ रघु राघुवंसीले इन्फिनिटी सफ्वेयरलगायत अन्य प्रडक्टहरुको विषयमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा इन्फोडेभलपर्सका सिओओ डा. राजिव सुब्बाले गरिवी निवारण गर्ने, सदस्यलाई आत्मनिर्भर बनाउने, सामाजिक जीवनलाई समृद्धि गराउने क्षेत्रका रुपमा रहेको सहकारीमा प्रविधिको उच्चतम प्रयोगले ठूलो परिवर्तन हुने बताउनुभयो । ‘यो साझेदारीले नयाँ तरंग सिर्जना गरेको छ’ उहाँले भन्नुभयो ।

इन्फोडेभलपर्सले सहकारी, माइक्रोफाइनान्स र अन्य संस्थाहरुको डिजिटलाइजसेनको प्रयासमा सघाउन विभिन्न प्रडक्टहरु ल्याएको छ । महासंघले सहकारीमा ती प्रडक्टलाई मापन गरी पहिचान गर्न योग्य भएको सावित गरेको बताइएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार