सिम्रिक बचतमा ‘एम बैंक’को मोबाईल बैंकिङ सेवा
झापा : बिर्तामोड–४, मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ‘सिम्रिक मोबाईल एप’ सञ्चालनमा ल्याएको छ ।
संस्थाले सदस्यको सुविधाका लागि ‘एम बैंक’सँगको सहकार्यमा मोबाईल बैंकिङ सेवा सुरु गरेको हो । ‘एम बैंक’ मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम सेवा प्रवाह गर्ने कम्पनी हो ।
शनिबार आयोजित एक कार्यक्रमका बीच संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले सञ्चालनको औपचारिक सुभारम्भ भएको घोषणा गर्नुभएको हो । सिम्रिकले सञ्चालनमा ल्याएको उक्त एपमा इ–सेवाका युटिलिटी सर्भिसहरु समावेश छन् ।
अब सदस्यहरुले बिजुलीको बिल भुक्तानी, खानेपानी महशुल, इन्टरनेट, टिभी महशुल, बीमाको प्रिमियम, हवाइ टिकटका साथै टपअफ र रिचार्ज गर्न सकिने संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले बताउनुभयो ।
सदस्यहरुलाई एप चलाउन, बुझ्न र डिजिटल भुक्तानी प्रक्रियामा जोडिन संस्थाका अध्यक्ष सुवास भट्टराईले आग्रह गर्नुभयो । सदस्यहरुले संस्थाको कार्यालयमा गएर मोबाइल बैंकिङ सेवा लिन आग्रह गर्नुभयो ।
एमबैंकले प्रदान गर्ने सेवा सहज र सुरक्षित रहेको कम्पनीका सञ्चालक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठले बताउनुभयो । एम बैंकको सेवा कुनै पनि बैंकले प्रदान गर्ने सेवा भन्दा कम नभएको उहाँको भनाई छ । कुनै पनि प्राविधिक जनशक्ति विना नै सहकारीलाई सजिलै प्रविधिमैत्री बनाई एमबैंकले सेवा प्रदान गर्ने उहाँको भनाई छ ।

२०६८ साल माघ २४ गते स्थापना भएको यस संस्थामा हाल करिब ५० हजार सदस्य आवद्ध छन् । संस्थाको शेयर पुँजी ३२ करोड र कुल वासलात २ अर्ब ५० करोड रहेको छ । साथै संस्थाले २ अर्ब १८ करोड लगानी र १ अर्ब १५ करोड निक्षेप संकलन गरेको छ । संस्थाको झापा, मोरङ र इलाम जिल्ला गरी ४४ वटा सेवाकेन्द्र सञ्चालनमा छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार