धादिङमा पहिलोपटक सहकारी सम्मेलन हुँदै
धादिङबेशी : धादिङ बचत तथा ऋण सहकारी संघको आयोजनामा जिल्ला स्तरीय सहकारी सम्मेलन हुने भएको छ । जेठ १५ गते धादिङबेशीमा हुने सम्मेलन धादिङ जिल्लाको इतिहासमा पहिलो हुनेछ ।
संघले देश विकासको लागि सहकारीको यात्रा आर्थिक, सामाजिक विकास र गुणात्मक सुधारमा केन्द्रित हुनुपर्ने भन्दै सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौला, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौडेल, नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम बहादुर पाठक लगायतका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
सम्मेलनमा जिल्लाका सबै प्रकृतिका सहकारीमा आवद्ध अध्यक्ष र व्यवस्थापकहरु सहभागि हुने संघका व्यवस्थापक गोकर्ण दुवाडीले जानकारी दिनुभयो । सम्मेलनमा सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा, सहकारी क्षेत्रका अवसर र चुनौती, सहकारीका अन्तराष्ट्रिय अभ्यास र नेपालमा त्यसको सम्भावना, सहकारी सम्बन्धी ऐन, कानुन र त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु जस्ता महत्वपूर्ण विषयहरुमा छलफल तथा अन्र्तकृया हुने व्यवस्थापक दुवाडीले जानकारी दिनुभयो ।
सम्मेलनमा दुईसय भन्दा बढी सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको सहभागीता रहने दुवाडीले बताउनुभयो । सम्मेलनले जिल्ला सहकारी अभियानको साझा साधारणा तय गर्ने पनि उहाँले बताउनुभयो ।
हाल जिल्ला बचत संघमा ६८ वटा सहकारी आवद्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार