घोराही उप-महानगरपालिकाको उप-प्रमुखमा सहकारी अभियन्त्रा डिसी
दाङ : दुई दशकभन्दा बढी समय सहकारी अभियानमा सक्रिय हुमाकुमारी डिसी देशकै ठूलो उप–महानगरपालिकाको घोराहीको उप–प्रमुखमा निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकी डिसीले गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै निर्वाचित हुनुभएको हो । ३० हजार ४ सय ३ मत ल्याएर डिसी विजयी हुँदा उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका झुपबहादुर डाँगीले ३० हजार ३ सय ७४ मत ल्याउनुभएको थियो ।
प्रारम्भिक सहकारी संस्था, जिल्ला संघ र केन्द्रीय सहकारी संघको विभिन्न नेतृत्व रहेर काम गर्नुभएका डिसी एक कुशल सहकारीकर्मी हुन् ।
सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्था, घोराहीकी निवर्तमान अध्यक्ष डिसी जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हुन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को पूर्व लेखा समिति सदस्य समेत रहेकी डिसी सहकारी अभियानमा लामो समयदेखि सकृय हुनुहुन्छ । डिसिले १९ वर्ष सौभाग्य महिला बचतको नेतृत्व गर्नुभएको थियो ।
सहकारीखबरसँग कुरा गर्दै डिसिले घोराहीमा सञ्चालित सहकारीलाई नीति, विधि र प्रविधि मैत्री बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो । सहकारी धेरै भएको ठाउँमा एकीकरण र कम भएको ठाउँमा सहकारी पुर्याउने अभियानमा आफू रहेको बताउनुभयो । एक सदस्य, एक सहकारी नीति कार्यान्वयमा समेत केन्द्रीत रहने उहाँको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार