२१ भदौ २०८३, आईतवार

सहकारी अभियन्ता भट्टराई सूर्यविनायकको उप-प्रमुखमा निर्वाचित

२०७९ जेठ ५, बिहिबार
सहकारी अभियन्ता भट्टराई सूर्यविनायकको उप-प्रमुखमा निर्वाचित

काठमाडौं : सहकारी अभियन्ता सरिता भट्टराई (तिमिल्सिना) भक्तपुरको सूर्यविनायक नगरपालिकाको उप-प्रमुखमा निर्वाचित हुनुभएको छ । भट्टराई नेकपा एमालेका तर्फबाट उप-प्रमुखको उम्मेदवार बन्नुभएको थियो ।

भट्टराईले १४ हजार ४ सय ९० मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिष्पर्धी नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याएका थिए ।

मेयरमा एमाले कै वासुदेव थापा निर्वाचित हुनुभएको छ । थापा २०७४ सालको स्थानीय निर्वाचनमा पनि प्रमुखमा निर्वाचित हुनुभएको थियो । थापाले १४ हजार ७ सय ५८ मत ल्याउँदा उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका निशान ढुंगेलले १३ हजार २ सय ३२ मत ल्याएका हुन् ।

भट्टराई राष्ट्रिय सहकारी बैंककी सञ्चालक समेत हुन् ।

अभिलेख

लोकप्रिय