२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी अभियन्ता श्रेष्ठ बने बेनिघाट रोराङ गाउँपालिको उपाध्यक्ष

२०७९ जेठ ३, मङ्गलबार
सहकारी अभियन्ता श्रेष्ठ बने बेनिघाट रोराङ गाउँपालिको उपाध्यक्ष

काठमाडौं : सहकारी अभियन्ता टापबहादुर श्रेष्ठ धादिङको बेनिघाट रोराङ गाउँपालिको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । श्रेष्ठ नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् ।

पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया (विवेक) विजयी हुनुभएको छ । थपलियाले ७ हजार ६ सय ८० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवप्रसाद त्रिपाठीले ५ हजार ७२ मत प्राप्त गरेका छन् ।

२०५६ सालमा जोगीमारा सामाजिक स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था स्थापना गरि सहकारी अभियानमा कृयाशिल छन् ।

०५७ सालमा धादिङ बचत तथा ऋण सहकारी संघको स्थापना भएपछि सदस्य, कोषाध्यक्ष, लेखा सुपरीवेक्षण संयोजक, सचिव र अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

श्रेष्ठ हाल बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को कोषाध्यक्ष समेत रहनुभएको छ ।

अभिलेख

लोकप्रिय