२१ भदौ २०८३, आईतवार

रामकोट सहकारीका सचिव प्रकाश श्रेष्ठ स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित

२०७९ जेठ ३, मङ्गलबार
रामकोट सहकारीका सचिव प्रकाश श्रेष्ठ स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित

धादिङ : रामकोट बचत तथा ऋण सहकारी संस्थाका सचिव प्रकाश कुमार श्रेष्ठ नीलकण्ठ नगरपालिका–८ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले अत्याधिक मत सहित वडा अध्यक्ष बनेका हुन् । श्रेष्ठको नेतृत्वमा स्वतन्त्र समूहको प्यानल बनेको थियो ।

वडा अध्यक्ष श्रेष्ठसहित सम्पूर्ण प्यानल नै विजयी भएका छन् । वडा सदस्यमा विजयी हुनेहरु पनि रामकोट सहकारी संस्थाका सदस्यहरु रहेका छन् ।

श्रेष्ठले १ हजार १ सय ५३ मत पाउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका जीतबहादुर कुमाल ४ सय २ मत पाएका छन् । नेपाली कांग्रेसका रमेश कोईरालाले ३ सय ६३ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रले १ सय मत प्राप्त गरेको छ ।

त्यस्तै वडा सदस्यहरुमा स्वतन्त्रबाट दुर्गा अधिकारीले १ हजार १ सय १८ मत, विमला बराइलीले १ हजार १ सय ४० मत, उमेश मगरले १ हजार ८५ मत र छविप्रसाद काप्री १ हजार १८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र समूहले भुईकटहर चुनाव चिन्ह पाएको थियो ।

अभिलेख

लोकप्रिय