२० भदौ २०८३, शनिवार

सहकारीकर्मी जिरेल जिरी–५, को वडाध्यक्षमा निर्वाचित

२०७९ जेठ २, सोमबार
सहकारीकर्मी जिरेल जिरी–५, को वडाध्यक्षमा निर्वाचित

दोलखा : सहकारीकर्मी नर बहादुर जिरेल जिरी नगरपालिका वडा नं ५ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जिरीस्थित एकिकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष रहनुभएका जिरेल नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । जिरेलले नेकपा एमालेका ङिमा शाङ्गे शेर्पा र नेकपा एकीकृत समाजवादीका नुर्पा दावा शेर्पालाई पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् ।

जिरेलले ४३९ मत प्राप्त गर्दा एमालेका एमालेका ङिमा शाङ्गे शेर्पाले १६१ र समाजवादीका नुर्पा दावा शेर्पाले १३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । जिरेल सहकारीको नेतृत्व गर्दै स्थानिय आर्थिक, सामाजिक विकासमा खेलेको भूमिकाबाट लोकप्रिय थिए ।

२०७४ सालको निर्वाचनमा ङिमासाङ्गे शेर्पा एमालेबाट निर्वाचित भएका थिए ।

अभिलेख

लोकप्रिय