२० भदौ २०८३, शनिवार

प्रविधिमार्फत सेवा प्रवाह गर्न सहकारीलाई दवाव, सहकारीलाई प्रविधिमा जोड्दै एमबैंक

२०७९ जेठ १, आईतवार
प्रविधिमार्फत सेवा प्रवाह गर्न सहकारीलाई दवाव, सहकारीलाई प्रविधिमा जोड्दै एमबैंक

काठमाडौं : सातामा दुई दिन (शनिबार र आईतबार) सार्वजनिक बिदा कार्यान्वयन भएसँगै सहकारी संस्थाहरुलाई प्रविधिमार्फत सेवा प्रवाह गर्न थप दवाव परेको छ ।

अधिकांश सहकारी संस्थाहरुले सरकारले गरेको निर्णय कार्यान्वयनमा गएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले दुई दिन बिदा कार्यान्वयन गर्न मार्गदर्शन समेत जारी गरेको छ ।

प्रविधिमा गएका सहकारी संस्थाको हकमा भने दुई दिन बिदाले खासै प्रभाव पार्ने देखिन्न । तर, प्रविधिमार्फत कारोबार नगर्ने संस्थाका सदस्यहरु यसबाट प्रत्यक्ष प्रभावित हुने देखिन्छ । प्रायः सहकारी संस्थाहरुले कार्यालयबाटै सदस्यलाई सेवा दिइरहेका छन् ।

सहकारीको सेवा प्रविधिमा आधारित नहुँदा २ दिने बिदाले सदस्यहरुलाई अप्ठेरो पर्ने देखिएको छ । पछिल्लो समयमा सहकारी संस्थाहरु प्रविधिमार्फत सेवा दिन थालेका छन् तर प्रयाप्त भने छैनन् । बैंक तथा वित्तीय संस्थाहरु जस्तै सहकारीमा एटीएम, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ, युटिलिटी पेमेन्ट, क्यूआर कोडलगायत प्रविधिमा आधारित सेवा सुरु भैसकेको छ । सहकारीहरु पनि विस्तारै प्रविधिमा जोडिदै गएका छन् । सातामा दुई दिन बिदा हुँदा प्रविधिमा थप सहकारी आर्कषित हुने देखिन्छ ।

सातामा दुई दिन बिदाले सहकारीहरु प्रविधिमा थप आर्कषित हुने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल बताउनुहुन्छ । प्रविधिमा जोडिने अवसर समेत रहेको उहाँको बुझाई छ । कतिपय सहकारीले ३६५ दिनै सेवा प्रवाह समेत गरिरहेको बताउँदै उहाँले प्रविधिमा जोडिएर कारोबार गर्नुपर्ने उहाँको तर्क छ ।

पछिल्लो समय नेपालका सहकारी संस्थाहरुलाई प्रविधिमा जोडिने क्रम तिब्र रुपमा अघि बढेको छ । एउटै एपबाट धेरै सुविधा सदस्यहरुलाई दिन सकिने भएपछि यसतर्फ आर्कषित भएका हुन् । सदस्यहरुले घरमै बसेर बचतदेखि सरकारी भुक्तनी, बैंक ट्रान्सफर, सहकारी ट्रान्सफर, युटिलिटी पेमेन्ट लगायत गर्न सक्छन् ।

मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंकले देशभरका ५ सयभन्दा बढी सहकारीलाई प्रविधिमा जोडेको छ । सहकारी संस्था र संस्थामा आवद्ध सदस्य एमबैंकको सेवाबाट सन्तुष्ट रहेको एमबैंकका सञ्चालक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठ बताउनुहुन्छ ।

बैंक वित्तीय संस्था एवम् सहकारीहरुलाई एउटै डिजिटल प्लेटफर्मको माध्यमबाट न्यून लागतमा आवश्यक सबै प्रविधिगत सेवा उपलब्ध गराउने उद्देश्य लिई स्थापना भएको एमबैंक आज सहकारी क्षेत्रमा लोकप्रिय छ ।

‘एपमा हरेक दिन केही न केही नयाँ बिशेषता (फिचर) थपिएको हुन्छ’, प्रमुख संजयले भन्नुभयो, ‘ब्यालेन्स इन्क्वायरीदेखि युटिलीटी बिल भुक्तानी, बैंक ट्रान्सफर, सहकारी ट्रान्सफर, एटीएम बैंकिङ, सरकारी भुक्तानी लगायत एम बैंकका धेरै सेवाहरुमा उपलब्ध छन् । कुनै पनि बैंकले प्रदान गर्ने भन्दा कम नभई बढी नै सुविधा यसमार्फत उपलब्ध हुन्छन् । कुनै पनि प्राविधिक जनशक्ति विना नै सहकारीलाई सजिलै प्रविधिमैत्री बनाई हामी सेवा प्रदान गर्न सक्छौं ।’

जुनसुकै सहकारी सफ्टवेयरमा जडान गर्न सकिने एक मात्र मोबाइल बैंकिङ एप भएको उहाँको दाबी छ । यसमार्फत आफ्नो संस्थालाई सजहै प्रविधिमैत्री बनाउन सकिने उहाँको भनाई छ ।

…………………………………………………

अभिलेख

लोकप्रिय